आबुधाबीमा मिसाइलकाे टुक्रा खस्दा एकजनाको मृत्यु


आबुधाबी– अवरोध गरिएको मिसाइलकाे टुक्रा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार बनियास क्षेत्रमा खसेको मिसाइलको भग्नावशेष लागेर एक पाकिस्तानी नागरिकको ज्यान गएको हो।

संयुक्त अरब इमिरेट्समा मंगलबारदेखि सुरक्षा चुनौती तीव्र बन्दै गएको छ। विभिन्न रिपोर्टअनुसार आबुधाबी बाहिर रहेको विशाल शाह ग्यास क्षेत्र र फुजैराहको तेल उद्योग क्षेत्रमा ड्रोन आक्रमण भएपछि आगलागीसमेत भएको छ।

यसअघि यूएईका सरकारी सञ्चारमाध्यमहरूले देशको हवाई सुरक्षा प्रणालीले मिसाइल र ड्रोन खतरालाई निष्क्रिय पार्ने प्रयास गरिरहेको बताएका थिए। यसैबीच, सामान्य नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै केही समयका लागि देशको आकाशको एक भाग बन्द गरेको जनाएको छ।

यो घटनाभन्दा एक दिनअघि पनि आबुधाबीमै अर्को ज्यान गएको थियो। अलबह्या क्षेत्रमा नागरिक सवारीसाधनमाथि मिसाइल खस्दा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया