जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने मन्त्रीपरिषद्को निर्णय


काठमाडौं– भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले ग्रहण गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदन पेश भएपछि मन्त्रिपरिषद्ले त्यसलाई औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार प्रतिवेदन कार्यान्वयनसँग सम्बन्धित विषयहरू पनि यही निर्णयअन्तर्गत अघि बढाइनेछ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित तीन सदस्यीय आयोगले गत फागुन २४ गते प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएपछि करिब एक साताको अध्ययनपछि आजको मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिएको हो।

प्रतिक्रिया