ग्यासको अभाव देखिन थालेसँगै आजदेखि आधा सिलिन्डरमात्रै वितरण गरिँदै


काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजार व्यवस्थापनका लागि आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरिएको हो।

पछिल्लो दुई महिनादेखि नेपालि बजारमा ग्यासको अभाव देखिएको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दो युद्धको प्रभाव नेपालमा पनि देखिएको हो ।

निगमले इण्डियन आयल निगमबाट ग्यास खरिद गरी नेपालमा बिक्री गर्दै आएको छ।

 

प्रतिक्रिया