
नेपाली फुटबल टोलीका नयाँ प्रशिक्षक एरेनाले लिए नियुक्तिपत्र
काठमाडौं- नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले आधिकारिक रूपमा नियुक्तिपत्र प्राप्त गरेका छन्।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
एरेनाले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै आफ्नो पहिलो कार्यभारका रूपमा आगामी मार्च २६ मा नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण खेलको नेतृत्व गर्नेछन्।
उक्त मैत्रीपूर्ण खेल काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने तय भएको छ।



कागजपत्र |
