
रुकुम पश्चिममा एकै घरकी दुई दिदीबहिनीको शव फेला, अर्को किशोरी बेपत्ता
रुकुम पश्चिम – रुकुम पश्चिममा एकै घरकी दुई दिदीबहिनीको शव फेला परेको छ भने अर्की एक किशोरी बेपत्ता भएकी छन्।
बाँफिकोट गाउँपालिका–३ भाग्लेस्थित सानीभेरी नदीमा मंगलबार १४ वर्षीय उर्मिला वली र १२ वर्षीय कल्पना वलीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनकाका अनुसार उनीहरू एकै घरकी दिदीबहिनी हुन्।
स्थानीयले नदीमा उनीहरू डुबिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ५ सय मिटरको दूरीमा उनीहरूको शव फेला परेको बताइएको छ।
त्यस्तै, १३ वर्षीया सपना वली बेपत्ता छिन् र उनको खोजी कार्य जारी रहेको छ।
प्रहरीका अनुसार ती किशोरीहरू सोमबार मुसिकोट नगरपालिका–१ भलखोलाबाट विवाहका लागि घरबाट निस्किएका थिए तर घर फिर्ता नआएको जनाइएको छ। उनीहरू नदीमा कसरी बगे भन्ने अझै पत्ता लागेको छैन।



कागजपत्र |
