
झापा–५ मा बालेनले ३२ हजार कटाउँदा ओलीले ल्याए ८ हजार मत
झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले ३२ हजार ३३६ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले) का उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओलीले ८ हजार ५१८ मत प्राप्त गरेका छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले ५ हजार ४७८ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ९३० मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ८३१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ७३० मत प्राप्त गरेका छन्।



कागजपत्र |
