
निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
काठमाडौं- निर्वाचन आयोगले देशभरि करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । यो अनुपात यसअघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो ।
मतदानपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए । उनले मतदानको पूरा विवरण आएपछि मतदान प्रतिशत बढ्न सक्ने बताए । योपटक यसअघिको चुनावमा भन्दा कम मतदाता सहभागी भएको अनुमान आयोगको छ । २०४८ यताका सबै चुनावमा ६१ प्रतिशतभन्दा माथि मतदान भएको थियो ।



कागजपत्र |
