
रेनु दाहाललाई जिताउन तालमेलको कुनै पहल गरेको छैन : प्रचण्ड
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ मा रेनु दाहाललाई जिताउन कुनै पहल नगरेको स्पष्ट पारेका छन्।
बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सामाजिक सञ्जाल र समाचारमा फैलिएको हल्ला खारेज गर्दै भने, “चितवन–३ मा रेनु दाहाललाई जिताउन लागेको कुरा बिल्कुल सही होइन। म त्यस्तो आरोप खारेज गर्न चाहन्छु। मैले कुनै पनि वक्तव्य जारी गरेको छैन र तालमेलको लागि कुनै पहल गरेको पनि छैन।”
प्रचण्डले थपे, “तर रेनुले गरेको नौ वर्षको मेहनतको आधारमा उनले चुनाव जित्नुपर्छ भन्ने मेरो विश्वास छ। यदि त्यसो भएन भने ममाथि र रेनुमाथि अन्याय हुने सम्भावना देखिन्छ।”



कागजपत्र |
