
नवलपरासीका रास्वपा जिल्ला सभापति कांग्रेस प्रवेश
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । उक्त अवसरमा नवलपरासी क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको पनि उपस्थिति रहेको थियो ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनलाई खादामालाले स्वागत गरे ।



कागजपत्र |
