
चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए उपचार सरकारले गर्ने
काठमाडौं – आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा सुरक्षार्थ परिचालित सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
निर्वाचन सुरक्षामा खटिएका नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी घाइते भएमा उपचारका सम्पूर्ण खर्च राज्यले बेहोर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
त्यसैगरी, निर्वाचनको सुरक्षार्थ खटिने क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सरकारले निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन सुरक्षाकर्मीको मनोबल उच्च राख्ने उद्देश्यले यस्तो निर्णय गरेको बताइएको छ।



कागजपत्र |
