निर्वाचनको समयमा तीन दिन बिदा दिन सिफारिस


काठमाडौं-  आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको अवसरमा निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार सबै मतदाताले मतदानमा सहभागी हुन सहज हुन यो सिफारिस गरिएको हो।

यदि सरकारले आयोगको सिफारिस अनुसार बिदा स्वीकृत गरे भने देशभर लगातार सात दिन सार्वजनिक बिदा हुनेछ। यसमा फागुन १८ र १९ गते होली पर्व, २० देखि २१ गते निर्वाचन, र २२ र २३ गते शनिवार तथा अन्तर्राष्ट्रिय नारी दिवस पर्छन्।

यसरी सात दिन निरन्तर बिदा हुने भएपछि मतदाता र सर्वसाधारणले निर्वाचनमा सहज रूपमा भाग लिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया