डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते


डोटी – डोटीमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिका–३, धौलाबस्तीमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप सडकबाट करिब १५० मिटर तल खसेको हो।

प्रहरीका अनुसार जिप बोगटानबाट दिपायलतर्फ जाँदै गर्दा अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुँदै दुर्घटना भएको थियो।

दुर्घटनामा परी बोगटान फुड्सिल–३, मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते भएकी छन्। उनीहरूको टाउको, खुट्टा र छातीमा चोट लागेको छ।

साथै जिपका चालक बोगटान फुड्सिल–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं. ३, मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ।

 

प्रतिक्रिया