नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्‍यो कारोबार


काठमाडाैं- साताको पहिलो कारोबार दिन आइबार शेयरबजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक २७.५९ अंक (१ प्रतिशतमाथि) ले घट्दै २ हजार ६१४.५५ अंकमा झरेको हो ।

उसो त आज कारोबार समेत घटेर ६ अर्ब ६९ करोड ९७ लाख रूपैयाँमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

क वर्गका ठूला कम्पनीहरुका सूचक समेत आज ३.२७ अंकले घटेर ४४९.३९ अंकमा झरेको छ । २२० कम्पनीका शेयर मूल्य घट्दा आज जम्मा ३४ वटा कम्पनीहरुका मात्र मूल्य बढेका छन् ।

सालपा विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने तेस्रो कारोबार दिनमा रहेको रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य आज ९.२६ प्रतिशतले बढ्दै ३९५ रूपैयाँ ३० पैसा पुगेको छ ।

प्रतिक्रिया