मसँग बहुमत छ, राजीनामा किन दिन्छु? सके हटाऊः प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेर तमासा देखाएको बताएका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा एउटा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले समर्थन फिर्ता लिन चुनौति दिँदै भने,‘खाली राजीनामा देऊ, राजीनामा देऊ भनेको छ। समर्थन फिर्ता लिऊ न। मसँग बहुमत छ किन राजीनामा दिन्छु?’

कम्युनिस्ट आन्दोलन भत्काउनका लागि गैर कम्युनिस्टलाई प्रधानमन्त्री बनिदेऊ भन्दै नमस्कार गर्दै हिँडेको बताएका उनले प्रचण्डप्रति व्यंग्यात्मक शैलीमा भने,‘डबलीमा जसलाई भेट्यो त्यसलाई हजुर प्रधानमन्त्री बनिदिनुपर्यो भनेको छ। शेरबहादुर दाई प्रधानमन्त्री बनिदिनुस्, महन्थ दाई प्रधानमन्त्री बनिदिनुस् भनेको छ।’

उनले पार्टीभित्र समानान्तर गतिविधि गरिरहेका नेता माधवकुमार नेपाललाई अहिलेसम्म निलम्बन मात्र गरेको, व्यक्तिगत रुपमा आएर जनतातिर फर्केर माफी मागे काम गर्न दिने बताए।

चेतावनी शैलीमा ओलीले भने,‘अन्यथा ठिक हुनेछैन, हामी हेरिरहेका छौं। बघिनीले आफ्नो डमरु बचाउनका निम्ति झम्टिन्छे।’

प्रतिक्रिया