
विश्वकप क्रिकेटः ओमानमाथि श्रीलंकाको फराकिलो जित
काठमाडौं घ विश्वकपमा श्रीलंकाले ओमानविरुद्ध ठूलो जित हात पारेको छ ।
सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १०५ रनले पराजित गर्दै दोस्रो चरणको सम्भावना बलियो बनाएको हो ।
पहिले ब्याटिङ गर्दै श्रीलंकाले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सकेको थियो ।



कागजपत्र |
