रामेछाप बस दुर्घटना: अहिलेसम्म ९ जनाको शव निकालियाे


काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुवाहक बस दुर्घटनामा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ।

मंगलबार बिहान ११ बजेतिर काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुवाहक बस सडकबाट तामाकोशी नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले  जानकारी दिँदै भने, “हालसम्म नौ जनाको शव नदीमा डुबेको बसबाट निकालिएको छ।”

साथै १० जनाभन्दा बढी घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र उद्धार टोलीको सहयोगमा घाइते उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको ठ्याक्कै कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया