भोलिदेखि तीन साताका लागि विद्यालय बन्द !


काठमाडौं- मन्त्रीपरिषद्को आज (सोमबार) बस्ने बैठकले भोलीदेखि विद्यालय बन्द गर्ने निर्णय गर्ने सम्भावना रहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) को बैठकले उपत्यकालगायत शहरी क्षेत्रमा आगामी तीन साताको लागि विद्यालय बन्द गर्नुपर्ने निर्णयसहित मन्त्रीपरिषद्मा विभिन्न ११ प्रस्तावहरु पठाएसँगै विद्यालय बन्द गर्ने निर्णय मन्त्रीपरिषद्ले पारित गर्ने स्रोतले जनाएको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएपछि सिसिएमसीको बैठक बसेको थियो ।

पछिल्ला दिनमा नेपालको छिमेकी मुलुक भारतमा दैनिक लाखौंको संख्यामा कोरोना संक्रमित थपिनु र भारतबाट नेपाल भित्रिएका मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै सरकारले आंशिक निषेधाज्ञाको गर्न सक्ने भन्दै अभिव्यक्तिहरु सुन्दै आइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकको सिफारिसमाथि मन्त्रीपरिषद्मा छलफल हुनेछ।

सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरू सिफारिस गरेको छ। यसबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिका लागि भारतीय समकक्षीहरूसँग टेलिफोन संवाद गरिरहेका छन्।

सरकार कोभिडको दोस्रो लहर नियन्त्रणतर्फ केन्द्रित रहेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।

प्रतिक्रिया