बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक/एक लाख राहत दिने


बैतडी-  बिहीबार बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएकाको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने व्यवस्था पनि गरिएको छ।

बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन्।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, ५ जनाको धनगढीको निसर्ग हस्पिटल र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया