कोरोना उपचारमा धरौटी माग्ने सरकारी अस्पताललाई स्पष्टिकरण सोधियो
काठमाडौं– कोरोना संक्रमण उपचारका निम्ति धरौटी माग गर्ने सरकारी अस्पताललाई स्पष्टिकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार भएको ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि धरौटी माग नगर्न स्पष्ट निर्देशन दिइएको बताए ।
मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।
केही अस्पतालहरूले सूचना टाँस गरेरै धरौटी माग गरेका थिए । जसका कारण सरकारको आलोचना भएको थियो ।