सुदूरपश्चिमको ३० प्रतिशत वन डढेलोले स्वाहा हुँदै


धनगढी – डढेलो नियन्त्रणका लागि सरकारी प्रयास नहुँदा सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत बढी वन क्षेत्र सखाप हुने खतरा बढेको छ ।

प्रदेशका ९ वटै जिल्लामा रहेको सामुदायित तथा सरकारी वनमा यतिवेला डढेलो दन्किरहँदा नियन्त्रणका कुनै उपाय लागु भएका छैनन् ।

प्रयाप्त बर्षा नहुँदा यस बर्ष आगलागि बढि भएको सुदूरपश्चिम वन निर्देशनालयका सूचना अधिकारी चन्द्रशेखर बढुले बताए ।

‘जताततै शुख्खा छ’ सूचना अधिकारी बडुले भने, ‘जसका कारण आगलागी हुने क्रम बढेको छ, नियन्त्रण गर्न समस्या छ ।’ तर डढेलो नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै योजना नरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा बरिव ११ लाख ४६ हजार १ सय १० हेक्टर वन क्षेत्र रहेको छ । सुदूरपश्चिम वन निर्देशनालयले दिएको जानकारी अनुसार आइतबारसम्म प्रदेशको करिव ३ लाख ४३ हजार ८ सय ३३ हेक्टर अर्थात ३० प्रतिशत वन क्षेत्रमा आगलागी भएको छ ।

आगलागीका कारण हाल सम्म बाजुरा र डोटीमा १/१ गरी दुई जनाको मृत्यु भएको सूचना अधिकारी बडुले बताए । ‘गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ’ सूचना अधिकारी बडुले भने, ‘सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो, मानविय गल्ति प्रमुख कारण बनेको छ ।’

वन क्षेत्रमा आगलागी हुँदा करोडौंँ मूल्यको काठ जलेर नष्ट भएको छ । ‘आगलागीका कारण अरबौंको वन पैदावार नष्ट भएको छ,’ वन संरषणकर्मी दानबहादुर विष्टले भने, ‘सरकार मौन बसको छ, यसले जंगली जनावरलाई बाँचन समेत गाह्रो हुने अवस्था आएको छ ।’

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीको भनाई छ । अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ ।

चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् ।

गत बर्ष सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशत वन क्षेत्रमा डढेलो लागेको थियो । सूचना अधिकारी बडुले भने–‘यस वर्षको अहिलेसम्म ३० प्रतिशत क्षेत्रमा आगलागी भइसकेको छ, बर्षा नभए अझै आगलागी बढ्ने देखिन्छ ।’

सुदूरपशिचम प्रदेशका ९ वटै जिल्लाका ३ सय बढी बढी सामुदायिक वन तथा दुई दर्जन राष्ट्रिय वनमा आगलागी भएको वन निर्देशनालयका सूचना अधिकारी बढु बताउँछन् ।

प्रतिक्रिया