निर्वाचनका कर्मचारी चढेको स्कारपियो दुर्घटना, पाँच जना घाइते


धनगढी – डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जिल्ला निर्वाचन कार्यालय डाेटीकाे सरकारी गाडी जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित के आई सिंह राजमार्गमा दुर्घटना भएको हो।।

डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कार्पियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

घाइते हुनेमा अजयमेरु गाउँपालिका ६ घर भइ डोटीका निर्वाचन अधिकृत रहेका ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका ५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया