
मौसममा सुधार आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
काठमाडौं- मौसम प्रतिकूलताका कारण आज बिहान केही समयका लागि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण रूपमा सञ्चालनमा आएको छ।
विमानस्थल कार्यालयका अनुसार बिहान ७:२० बजे दृश्यता अत्यन्तै कम भएपछि उडान–अवतरण रोकिनु परेको थियो। बिहान १० बजे दृश्यता बढेर १,१०० मिटर पुगेपछि आरएनपीआर एप्रोचमा उडान गर्ने विमानहरूका लागि सञ्चालन पुनः सुरु गरिएको हो।
करिब बिहान ११ बजेदेखि एटीआर, जेट इञ्जिनयुक्त विमानसहित आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान पूर्ण रूपमा सञ्चालनमा आएको विमानस्थलले जनाएको छ।
विमानस्थल खुला भएसँगै रोकिएका यात्रुहरूको आवतजावत क्रमशः सहज बन्दै गएको छ। यद्यपि, मौसम अझै अनुकूल नहुँदा नेपालगन्ज, जनकपुर, भरतपुर, तुम्लिङटार, धनगढी र राजविराजका ६ वटा आन्तरिक विमानस्थलहरूमा उडान भने अझै बन्द रहेका छन्।



कागजपत्र |
