
काठमाडौं उपत्यकामा वर्षा सुरु
काठमाडौं – काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा हल्का वर्षा सुरु भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशको विभिन्न स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ ।
बागमती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र कोसी प्रदेशको तराईका एक–दुई स्थानमा आज हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।



कागजपत्र |
