बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेल


काठमाडौं–  सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त निर्णयको जानकारी दिएका हुन्।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाँचौँ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेतिखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णयसमेत गरेको प्रवक्ता अर्यालले बताए।

प्रतिक्रिया