पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित जानकी मन्दिरमा


जनकपुर– पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित जनकपुरधाम पुगेर जानकी मन्दिरसहित विभिन्न मठ–मन्दिरमा पूजापाठ गरेका छन्।

सोमबार दिउँसो जानकी मन्दिर पुगेका पूर्वराजा शाह र उनको परिवारलाई समर्थकहरूले स्वागत गरेका थिए। सो क्रममा हिन्दुवादी संघ–संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले ‘राजा आउ, देश बचाउ’ भन्ने नारासमेत लगाएका थिए।

जानकी मन्दिरमा पूजापाठ सकेपछि पूर्वराजा शाह करिब आधा किलोमिटर पैदलै राम मन्दिर पुगेका थिए। उनले राम मन्दिरमा पूजापाठ गर्नुका साथै त्यही परिसरमा रहेको कालदेवी मन्दिरमा पनि पूजा गरेका थिए। राम मन्दिरमा स्थानीय क्लबका युवाहरूले पूर्वराजालाई स्वागत गरेका थिए।

पूर्वराजा शाह आइतबार साँझ परिवारसहित जनकपुर पुगेका थिए। उनको जनकपुर भ्रमणलाई लिएर राजावादी समर्थकहरू उत्साहित देखिएका छन्।

प्रतिक्रिया