नागार्जुनको आगो निभाउन स्वीमिङ पुल र मेलम्चीको पानी प्रयोग


काठमाडौं – शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ ।

डढेलो नियन्त्रण गर्ने स्थलगत प्रयास प्रभावकारी नभएपछि हेलिकप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले बताए । उनले भने, ‘अहिले हेलिकप्टरबाट पानी खसालेर डढेलो नियन्त्रण गर्ने काम भइरहेको छ ।’

सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो निभाउने प्रयास भइरहेको छ । आइतबार मध्याह्न डढेलो लागेपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली आगलागीस्थलमा पुगेको थियो ।

हेलिकोप्टरमा पानी भर्न होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको बताइएको छ ।

प्रतिक्रिया