क्यानका अध्यक्ष चन्दले पाए टिकट, बैतडीबाट चुनाव लड्ने


कैलाली- नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे टिकट पाएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्षसमेत रहेका चन्दले कैलालीकाे धनगढीमा आयाेजित बैतडी-कैलाली सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बाेल्दै आफुले बैतडीबाट टिकट पाएकाे बताएका हुन् ।

फागन २१ गते हुने प्रतिनिधि सभा निवार्चनकाे लागि भाेली उम्मेदवारी दर्ताकाे कार्यतालिका रहेकाे छ । टिकट पाएका चन्दले आजै बैतडी पुगेर भाेलिकाे उम्मेदवारी दर्ताकाे तयारीमा जुटेकाे बताए ।

प्रतिक्रिया