नागार्जुन जंगलमा डढेलो, हेलिकोप्टरबाट पानी खसाल्ने तयारीमा सेना


काठमाडौं – उपत्यको उत्तर पश्चिमतर्फको नागार्जुन जंगलमा डढेलो लागेको छ । आइतबार दिउँसोबाट सुरु भएको आगलागी नियन्त्रणमा लिनका लागि हेलिकोप्टरबाट पानी खसाल्ने तयारी गरिएको छ ।

आइतबार बिहान ११ बजेतिरबाट डढेलो सुरू भएपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगे पनि हालसम्म नियन्त्रणमा लिन नसकिएको जनाइएको छ ।

के कारणले कसरी आगलागी भयो भन्ने यथार्थता नखुलीसकेको उक्त डढेलोका कारण निकुञ्ज क्षेत्रमा अनियन्त्रित रुपमा डढेलो बढी रहेको जनाइएको छ । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिए पनि नेपाली सेनाको हेलिकोप्टरबाट पानी खसालेर नियन्त्रणमा लिने प्रयास गरिने भएको छ ।

प्रतिक्रिया