
बालेनले जाँचबुझ आयोगलाई पठाए लिखित जवाफ
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा लिखित बयान पेश गरेका छन्।
आयोगका सदस्य तथा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार, मेयर शाहले आयोगले पठाएका प्रश्नहरूको उत्तर लिखित रूपमा दिएका हुन्।
आयोगले शाहसँग सिंहदरबारमा आगजनीको घटनादेखि लिएर महानगरपालिकाको सुरक्षा व्यवस्था र दमकल समयमै नपुगेको विषयसम्म समेटेर प्रश्न सोधेको थियो।
यसअघि मेयर शाहले राष्ट्रिय मानव अधिकार आयोगमा करिब दुई घण्टा बयान दिएका थिए।
त्यसैगरी, जाँचबुझ आयोगले गत आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान पनि लिएको थियो।



कागजपत्र |
