चितवनमा हात्तीका लागि वनभोज


चितवन- १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज हात्तीलाई १५ परिकारको विशेष वनभोज खुवाएर समापन भएको छ।

महोत्सव अन्तर्गत हात्ती पूजा गरिएको थियो भने हात्तीलाई वनभोज खुवाएर उत्सवको समापन गरिएको आयोजकहरूले जानकारी दिएका छन्। हात्तीका लागि विशेष वनभोजमा १५ प्रकारका खानेकुरा राखिएको थियो।

महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको थियो। सौराहास्थित बाघमारा चौरमा सम्पन्न महोत्सव होटल संघ नेपालद्वारा आयोजित, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेको थियो।

महोत्सवमा सरकारी र निजी क्षेत्रसहित करिब ८० वटा हात्ती सहभागी भएका थिए।

प्रतिक्रिया