
रवि–बालेनबीच मौखिक सहमति: रास्वपाको समानुपातिक सूचीमा बालेनको ४० सिट
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद उम्मेदवार सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भागमा ४० जनाको नाम समावेश हुने भएको छ। पार्टी सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच आइतबार बिहान यससम्बन्धी सहमति भएको स्रोतले जनाएको छ।
निर्वाचन आयोगले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नामावली बुझाउने कार्यतालिका सार्वजनिक गरिसकेको छ। आयोगको मापदण्डअनुसार समानुपातिकतर्फ कुल ११० जनाको नाम बुझाउनुपर्ने हुन्छ। सो सूचीमध्ये बालेन शाह पक्षबाट ४० जना र बाँकी ७० जना रास्वपाकै तर्फबाट उम्मेदवार चयन गर्ने सहमति भएको स्रोतको दाबी छ।
यद्यपि आइतबार बिहान रास्वपा र बालेन शाहबीच भएको सात बुँदे सम्झौता पत्रमा समानुपातिक सिट बाँडफाँटसम्बन्धी विषय स्पष्ट रूपमा उल्लेख गरिएको छैन। तर यसबारे मौखिक समझदारी भएको र सोही आधारमा नाम छनोट प्रक्रिया अघि बढाइएको स्रोतले बतायो।
स्रोतका अनुसार बालेन शाहको सूचीमा विभिन्न ‘जेन–जी’ समूहका अगुवा तथा नयाँ अनुहारहरू पनि समेटिनेछन्।



कागजपत्र |
