
बिर्तामोडमा घरको तेस्रो तलाबाट खसेर बालकको मृत्यु
झापा- खेल्ने क्रममा घरको रेलिङबाट खसेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
घटना गत पुस २ गते राति सवा ८ बजेतिर झापा बिर्तामोड नगरपालिका–४ आगमनटोलमा भएको हो। स्थानीय रामकुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको तेस्रो तल्लाको रेलिङमा खेलिरहेका बेला अचानक सन्तुलन गुमाएर भुइँमा खसेका थिए।
लडेर गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा बुधबार साँझ सवा ७ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



कागजपत्र |
