
तथ्यांक कार्यालयले माग्यो ८० कर्मचारी
काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार ८० जना कर्मचारी माग गरेको छ ।
कार्यालयले एक सूचनामार्फत मोरङ, धनुषा, काठमाडौँ, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।




कागजपत्र |
