
पूर्वमन्त्री मण्डलको निधन
विराटनगर – तत्कालिन सद्भावना पार्टीका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद मण्डलको निधन भएको छ ।
मण्डलको विराटनगर महानगर–९ घोघापुल चोकमा रहेको घरमै निधन भएको परिवारले जानकारी दिएको छ।
भतिजी जस्मिन मण्डलले दिएको जानकारी अनुसार सोमबार रातिसम्म मण्डलको स्वास्थ्य अवस्था सामान्य थियो।
‘बिहान शौचालय गएर फेरि ओछ्यानमा आफै पुग्नुभएको थियो। सुतेकै ठाउँमा बित्नुभएको हो,’ जस्मिनले भनिन्।
मण्डलका परिवारमा दुई श्रीमती, तीन छोरा र तीन छोरी छन्। चार छोरामध्ये एक छोराको निधन भइसकेको छ।



कागजपत्र |
