आज पनि माइतीघरमा जेनजी प्रदर्शन जारी, प्रहरी र पत्रकारलाई गुलाफकाे फूल


काठमाडौं — माइतीघरमा ‘जेनजी’ समूहको प्रदर्शन मंगलबार पनि निरन्तर जारी छ। मिराज ढुंगाना, निकोलस भुसाललगायतका युवाहरू उक्त प्रदर्शनमा सक्रिय रूपमा सहभागी छन्।

मंगलबारको प्रदर्शनका क्रममा ‘जेनजी’ समूहले शान्तिपूर्ण ढंगले विरोध जनाउँदै प्रहरी प्रशासन र सञ्चारकर्मीप्रति सद्भाव प्रकट गरेको छ। प्रदर्शनमा सहभागी मिराज ढुंगानालगायत युवाहरूले ‘आई लभ यु’ भन्दै प्रहरी र सञ्चारकर्मीलाई गुलाफको फूल वितरण गरेका छन्।

 

प्रतिक्रिया