जेनजी आन्दोलनमा घाइते भएका ४ पत्रकारलाई नगदसहित सम्मान


काठमाडौं-  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका चार पत्रकारलाई सरकारले नगदसहित सम्मान गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री जगदीश खरेलले पत्रकारहरूलाई नगद र सम्मानपत्र प्रदान गरे। आन्दोलनका क्रममा घाइते भएका शम्भु दंगाललाई १ लाख रुपैयाँ र श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कार्कीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।

मन्त्री खरेलले घाइते पत्रकारहरूको साहस र पत्रकारिता क्षेत्रको योगदानको कदर गर्दै, उनीहरूको हकहितको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया