अमेरिकाबाट एकैपटक ७५ नेपाली डिपोर्ट, ६ महिलासहित सबै बिहीबार नेपाल आइपुगे


काठमाडौं — अमेरिकाबाट एकैदिन ७५ जना नेपाली देश निकाला भएका छन् ।

अमेरिकाले ६ जना महिलासहित ७५ जनालाई डिपोर्ट (देश निकाला) गरी चार्टर्ड विमानमा राखी काठमाडौं पठाएको हो ।

उनीहरू बिहीबार नै काठमाडाैं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

यससँगै डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ ।

प्रतिक्रिया