दुर्घटना बढेपछि धोबीखोला किनारमा रेलिङ मर्मत गरिँदै


काठमाडौं- काठमाडौंको रुद्रमती पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ को मर्मत सुरु गरिएको छ।

शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोबीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको छ।

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको थियो।

प्रतिक्रिया