तनहुँमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


काठमाडौं– तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीभीरस्थित सडकमा आइतबार दिउँसो बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

घटनामा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ। मृत्यु हुनेमा स्याङ्जा, पुतलीबजार नगरपालिका–७, भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा रहेका छन्।

घाइते भएका उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र सडक सुरक्षा सम्बन्धि सचेतना अपनाउन स्थानीयहरूसँग अनुरोध गरेको छ।

प्रतिक्रिया