काभ्रे–२ का लागि कांग्रेसबाट शिवप्रसाद हुमागाईसहित १३ नाम सिफारिस


काभ्रेपलाञ्चोक –  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले काभ्रे–२ मा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र मधु आचार्यसहित १३ जनाको नाम औपचारिक रूपमै सिफारिस गरेको छ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ को बैठकले प्रतिनिधि सभा सदस्य, समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका गरी कुल २४ जनाको नाम केन्द्रमा सिफारिस गरेको क्षेत्रीय सभापति महेश खरेलले जानकारी दिए।

उनका अनुसार बैठकमा इच्छुक सबैको नाम समेटेर सिफारिस गरिएको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिसमा परेका नाम क्रमशः शिवप्रसाद हुमागाई, मधु आचार्य, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाई, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त मुकेश, रोशन लामा, हेमकुमार तामाङ, राजन कार्की, नन्दु दुलाल र इन्दिरा बुढाथोकी रहेका छन्।

त्यस्तै समानुपातिक सूचीमा दिल लामा, लिला नेपाल, तस्वीर लामा, जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मन्जु आचार्य घिमिरे, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, इन्द्रबहादुर तामाङ र कृष्णगोपाल भैललाई सिफारिस गरिएको छ।

राष्ट्रिय सभा तर्फ भने इन्द्रमणि अधिकारी, राम थपलिया, सीताराम परियार, गोविन्द पराजुली र रामेश्वर ढकालको नाम कांग्रेसले केन्द्रमा पठाएको छ।

प्रतिक्रिया