टस जितेर पहिले ब्याटिङ गर्दै काठमान्डु


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुन लागेको खेलका लागि अब लुम्बिनी लायन्सले बलिङबाट खेल थाल्नेछ।

आजको खेल निकै महत्वपूर्ण मानिएको छ, किनकि विजेता टोलीले बिहीबार निर्धारित क्वालिफायर–२ मा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यहाँ विजयी हुने टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।

 

 

प्रतिक्रिया