सुनचाँदीको मुल्य बढ्यो


काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ५२ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ५१ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले बढेर ३७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३६०० मा कारोबार भएको थियो ।

प्रतिक्रिया