
पूर्वमन्त्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेपछि…
हुम्ला – अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रणसिंह परियार चयन भएका छन्। व्यवस्थापन समिति अध्यक्षका लागि कुल ६ जना आकांक्षी थिए, तर पूर्वमन्त्री परियारले पनि अध्यक्षमा आकांक्षा राखेपछि अरु सबै पछि हटेका छन्।
विद्यालयका प्रधानाध्यापक परबहादुर थापाका अनुसार, परियारले आफू अध्यक्ष बन्ने इच्छा व्यक्त गरेपछि व्यवस्थापन समितिले सर्वसम्मत रूपमा उनीलाई अध्यक्ष चयन गरेको हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका परियारले प्रधानाध्यापक थापालाई टेलिफोनमार्फत अध्यक्ष बन्ने चाहना व्यक्त गरेका थिए।
परियार तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए र मुख्यमन्त्री यामलाल कँडेलले उनलाई विनाविभागीय मन्त्रीको रुपमा नियुक्त गरेका थिए।



कागजपत्र |
