पौडेल, भट्टराई र घिमिरेको नाम सचिवमा बढुवाका लागि सिफारिस


काठमाडौं-  सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको छ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिव त्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको हो।

पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन्। भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव हु्न्।

अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ।

प्रतिक्रिया