
बालुवाटारमा सर्वपक्षीय बैठक
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनका तयारीबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बैठक आह्वान गरेकी थिइन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समग्र वातावरणबारे विस्तृत छलफल भइरहेको छ।
बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेता, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका छन्।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोग र सुरक्षा निकायका उच्च अधिकारीहरू बैठकमा उपस्थित छन्।



कागजपत्र |
