घट्यो सुनको मूल्य


काठमाडौं-  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ। बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ५५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

 

प्रतिक्रिया