
सुदूरपश्चिमविरुद्ध चितवनले पहिले फिल्डिङ गर्दै
काठमाडौं — जारी एनपिएलको बिहीबारको दोस्रो खेलमा चितवन राइनोज्ले सुदूरपश्चिम रोयल्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
चितवनका कप्तान कुशल मल्लले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
जारी एनपिएलमा सुदूरपश्चिम लगातार पाँच जितसहित प्लेअफमा पुगिसकेको छ । चितवनलाई प्लेअफ सम्भावना कायम राख्नका लागि प्रतियोगिताकै एकमात्र अपराजित टोलीका रुपमा रहेको सुदूरपश्चिमविरुद्ध जित निकाल्नै पर्ने हुन्छ ।
चितवनले हालसम्म खेलेका ५ खेलमध्ये २ मा जित हात पार्दै चार अंकसहित प्लेअफको दौडमा रहेको छ ।



कागजपत्र |
