पोखरा एभेन्जर्सको दोस्रो जित


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा मंगलबार भएको खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको हो।

पोखराले दिएको २०३ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो। वाटले आक्रामक अर्धशतक बनाए पनि जवाफमा आएको कर्णाली १९ ओभरमा १६७ रनमै अलआउट भयो।

प्रतिक्रिया