सशस्त्रको जवानका लागि यी २ हजार १३२ जनाले निकाले नाम (नामावलीसहित)


काठमाडौं – सशस्त्र प्रहरी बल हलचोकले सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।

सशस्त्र प्रहरीबल मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय/भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा अन्तर्वार्तामा उत्तिर्ण भएका २१३२ जनाको नतिजा प्रकाशन गरेको हो ।

सूचनामा उत्तीर्ण भएका उम्मेदवारहरुको २०७८ बैशाख ५ गते, १० बजे अन्तर्वार्ता परीक्षा संचालन भएको कार्यालयमा बिस्तृत स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन भनिएको छ ।

नतिजाअनुसार खुल्लामा ११३७ जना उत्तिर्ण भएका छन् भने अमर र असक्त सशस्त्र प्रहरी कर्मचारीको सन्ततीतर्फ ५ जनाको नाम निस्किएको छ । त्यस्तै महिला तर्फ १९८ जनाले नाम निकालेका छन् भने आदिवासी/जनजाति तर्फ ३१७ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै मधेशी तर्फ २७७ जना र दलित तर्फ १४९ जना उत्तीर्ण भएका छन् । त्यस्तै पिछडिएका क्षेत्रको समूहतर्फ भने ४९ जनाले नाम निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।

नामावली:

प्रतिक्रिया