बसिर अहमदको बहादुरीपूर्ण पारीसहित कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित


काठमाडौं — कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै विराटनगरले जारी एनपिएलमा चौथो जित हात पारेको छ ।

विराटनगरले बसिर अहमदको बहादुरपूर्ण पारिसहित कर्णालीले दिएको १६१ रनको लक्ष्य एक बल अगावै पूरा गरेको हो ।

शुक्रबार प्रतियोगिताको १२औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा कर्णालीले दिएको लक्ष्य पूरा गर्न वसीरले ६२ रनको अविजित पारी खेलेका छन् ।

लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई/दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक/एक विकेट लिए ।

प्रतिक्रिया